पूूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार बन्ने नबन्ने सम्भावनाबारे मुुख खोलेका छन् । उनले तत्काल कुनै सम्भावना नभएको बताएका छन ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुुन् । नेपालले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’ उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताएका छन ।
‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भने, ‘बाँकी कुरा राजनीतिक घटनाक्रमसँगसँगै तय गर्ने ।’ गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने नेपालले बताएका छन ।
‘अहिले मतदान नै हुन बाँकी छ,’ उनले भने, ‘सबै आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आआफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं नेपालल भने । ’

