दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दु’र्घ’टना भएको छ । दु’र्घटनामा परेर ४ जनाको मृ’त्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । मृ’त्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।
चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दु’र्घटना भएको हो । दु’र्घटनामा परेर १७ जना घा’इते भएका छन् । गए राति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घ’टनास्थलमा पुगेका थिए । घाइ’तेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले बताए ।
सम्पत्ति लिएर आमाको हेरचाह नगर्दा जे’ल चलान आमाको सम्पत्ति हि’नामिना गरेर हेरचाह नगरी बेवास्ता गरेको भन्दै नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पुर्पक्षका लागि जे’ल चलान भएकी छन् । जिल्ला अदालत काठमाडौंले जेष्ठ नागरिक ऐन २०६३ बमोजिम कसुरमा थुनामा पठाउन आदेश दिएको हो । उनी चैत २२ गते प’क्राउ परेकी थिइन् । रेग्मीलाई केन्द्रीय का’रागार सुन्धारा चलान गरिएको बताइएको छ ।