राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, प्रतिनिधि सभा सदस्य तथा पू्र्वसञ्चारकर्मी रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा जनतासँगै काम गर्न थालेका छन् । प्रतिनिधि सभा सदस्यको शपथ नलिँदै उनी त्यहाँका जनताका स–साना समस्यालाई प्रत्यक्ष सम्बोधन गर्न थालेका छन् ।
रामनगरबासीको पानीको समस्या समाधान गर्ने वाचादेखि चारकोसे झाँडी सरसफाईसम्ममा लामिछाने सहभागी भइरहेका छन्। चितवन क्षेत्र नम्बर २ बाट सांसद चुनिए संगै रवि लामिछाने जनताको काममा उत्रिएका हुन् ।
चितवनको रामनगर, जुगेडी, देभघाट क्षेत्रमा खानेपानीको समस्या छ भनेर स्थानीयले गुनासो गरेपछि रवी लामिछानेले ४७ बर्ष पुरानो खानेपानीको मुहानलाई फेरी मर्मत गरेर उक्त पानि वितरण गर्ने योजना बनाएका छन्। भरतपुरको जुगेडी पुल भन्दा केहि माथि बनमा उक्त पानीको मूहानमा ट्यांकी २८ बर्ष अगाडी बाढीले बगाएर थुनिएको छ ।
सोहि मुहानमा नयाँ पाईप कनेक्सन गरेर जनताको घर घरमा वितरण गर्ने रवि लामिछानेले बताएका छन्। आजनै उनले आप्टारी र रामनगरको बिचमा रहेको खानेपानीको ट्यांकी पनि सफा गरेका छन्।
हो, बिधायकको काम नीति निर्माणमा नै ध्यान दिने हो तर काम गर्न/गराउन फिल्डम खट्नु पनि पर्छ। हामी भुइ मान्छेका मान्छेहरु हौ, भुइ छोड्ने त कुरै आउदैन नी।
‘हामी आ’गो नलागोस् भन्ने कामना मात्र गर्दैनौं आ’गो लागिहाले निभाउन पनि पुग्छौं। नितिहरु कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महशुस गर्ने गरि लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुबै तिर हुन्छौं। हामी यस्तै छौं,’ उनले लेखेका छन् ।

