सत्तारुढ दल नेकपा माओवादी केन्द्रले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभाको चुुनावी आन्तरिक समीक्षा गरेको छ । पार्टी स्रोतका अनुुसार कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग मिलेर देशब्यापी माओवादी उम्मेदवारलाई हराएको निषकर्ष छ ।
२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले ३६ सीट जितेको थियो। हालसम्म उसले प्रत्यक्षतर्फ १७ सथानमा जित हात पारेको छ। माओवादीबाट निर्वाचित अधिकांश उम्मेदवारहरु उसको आफ्नै सांगठनिक अवस्था मजबुत भएको स्थानमा बाहेक अन्यत्र कतै पनि जित हात पार्न सकेनन्।
उनीहरुले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको मतले एकाध स्थान दाङ क्षेत्र नं २ मा जित हात पारेको छ। जहाँ माओवादीको सांगठनिक अवस्था कमजोर रहेको छ। उक्त क्षेत्रमा बाहेक अन्यत्र माओवादीले गठबन्धनका अन्य मुख्य दल कांग्रेसबाट अपेक्षाकृत सहयोग नभएको उसको निश्कर्ष छ।
यस्तै, काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी नदिइएको प्रति पनि माओवादी थप सशंकित बनेको ती पदाधिकारीको भनाइ छ। महामन्त्री थापाले आफहरुूविरु’द्ध स्वतन्त्र पार्टीसँग मिलेर अघो’षित मोर्चाबन्दी’ गरेको र सोही कारणले कतिपय माओवादी शीर्ष नेताहरुले पराजय ब्यहोरेको ती पदाधिकारी बताउँछन्।
‘देशभर कतिपय स्थानमा आफ्नै कांग्रेस पार्टीका इतर समूह र कतिपय माओवादी शीर्ष नेताहरु हराउनुमा उहाँको भूमिका रहेको देखियो,’ स्रोतले भन्यो, ‘काठमाडौं ४ मा रवि लामिछानेको पार्टीले उम्मेदवारी नदिनु चितवन २ मा आफ्नै पार्टीका उम्मेदवारले बारम्बार चुनावी कार्यक्रममा बोलाउँदा सहभागी नहुनुले समेत उहाँहरु बीचको अघोषित मोर्चाब’न्दी भएको तथ्यले देखाउँछ।’
दाङ क्षेत्र नं २ मा जित हात पारेको छ। जहाँ माओवादीको सांगठनिक अवस्था कमजोर रहेको छ। माओवादीका युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले सुरुवाती चुनावी परिणामा आउँदै गर्दा सामाजिक संजालबाटै गगन थापाले घण्टीसँग तालमेल गरी आफ्ना उम्मेदवार हराएको आरोप सार्वजनिक रुपमा आ’रोप लगाएका थिए।

