काठमाडौँ- काठमाडौँ महानगर डोजर लिएपछि झन् चर्चामा आएको थापाथलीको सुकुम्बासी बस्तीबारे नयाँ रहस्य खुुलेको छ । सुकुम्बासीहरुले त्यहाँ कोठा भाडामा लगाइरहेको पाइएको हो ।
काठमाडौँमा एउटा कोठाको छ, सात हजारसम्म पर्ने गरेको तर आफूू तीन हजारमै बसिरहेको एक व्यक्तिले बताए । काठमाडौंमा मजदुुरी लगायतका काम गर्नेहरु त्यहाँ भाडामा बसिरहेका छन् ।
यो झाडी फाँडेर बनेको बस्ती हो । यहाँ अहिले झण्डै २ सय छाप्रा छन् । ०६९ सालमा यो बस्तीमा डोजर चल्यो । कतिचोटि आ’गो लाग्यो । तैपनि यो सुकुमबासी बस्ती उठेन ।
यता, काठमाडौं महानगरपालिकाको वडाध्यक्षको बैठकमा महानगरपालिकाले वागमती नदी किनाराका सुकुम्बासी बस्ती हटाउन गएका महानगर प्रहरीलाई नेपाल प्रहरीले असहयोग गरेको बताएको छ ।
सोमबार थापाथलीको सुकुम्बासी बस्तीमा भएको घटनाको समीक्षा गर्न काठमाडौं महानगरका प्रमुख बालेन साहले सबै वडा अध्यक्षलाई बैठकमा बोलाएका थिए । बैठकमा प्रमुख साहले सरकारको आलोचना गर्दै सुरक्षाकर्मीको असहयोगका कारण सुकुम्बासीलाई हटाउन नसकेको बताए ।
बैठकपछि कामपाका प्रवक्ता एवं वडा नं १७ का वडाअध्यक्ष नवीन मानन्धरले प्रहरीको असहयोगको कारण सुकुम्बासीलाई हटाउन नसकिएको बताउँदै अब केन्द्र सरकारको समन्वयमा बस्ती खाली गराउने तयारी गर्ने निर्णय भएको बताए ।
उनले सुकुम्बासीलाई हटाउनुभन्दा पनि अन्य स्थानमा व्यवस्थित गर्न लागेको जानकारी दिँदै भने ‘त्यसका लागि सबैसँग समन्वय गरी अघि बढ्ने सामूहिक निर्णय गरेका छौं ।’