नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुुनाव जित्न मतपेटिका साट्न खोजेको आरो’प लागेको छ । इलाममा गठबन्धनबाट प्रतिनिधि सभाका सदस्यका उम्मेदवार खनालमाथि एमालेले यस्तो आरो’प लगाएको हो ।
एमाले इलाम क्षेत्र नम्बर १ ले ‘नेकपा एमालेको राम्रो जनाधार भएको माइजोगमाई गाउँपालिका ५ सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्र’सित बनाउन खोज्ने लगायत काम गरेको आ’रोप लगाएको छ ।
माइ नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडइलाई लक्षित गरी बvम पड’काउले जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट रहेको एमालेको दाबी छ ।
एमाले इलाम क्षेत्र नम्बर-१ निर्वाचन परिचालन कमिटीका संयोजक उदयबहादुर राईले बिज्ञप्ती जारी गर्दै एमालेले पराजयपछि हतास मानसिकता बोकेर जथाभावी अभिब्यक्ति नदिन साथै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पनि खनाललाई सुझाएका छन् ।


