प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका अति विश्वासपात्रमध्येका एक सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै एक घण्टा कुराकानी गरेका छन् । बुुधबार उनी बिहानै मन्त्रीको गाडीमा झण्डा हल्लाउँदै महाराजगञ्जस्थित शीतल निवास पुुगेका हुुन् ।
राजनीतिक रुपमा कार्की र राष्ट्रपति दुबै जना फरक राजनीतिक आस्था राख्छन् । नेपाली काँग्रेसभित्र पनि प्रधानमन्त्री शेरबहादुर देउवाका अति विश्वासपात्रमध्येका एक कार्की र राष्ट्रपति दुवै जना भोजपुरका हुुन् । उनीहरु नजिकका नातेदार समेत भएको बताइन्छ ।
मतगणनामा झिनो मतान्तरले पछाडि पर्दै आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्ततः ११२ मत ल्याएर विजयी भएका छन्। सुनसरी-४ मा उनले पटक पटक पुनः मतदानको माग राख्दै आएका थिए । सोही कारण मतगणना कार्य अवरुध्द भएको थियो ।
तर आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार कार्कीले नेकपा (एमाले)का जगदिशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरेका छन् । जसअनुसार उहाँले ३० हजार ४८३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कुसियैतले ३० हजार ३७१ मत पाएका छन् ।

