काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन शाहको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पिलर बनेर उभिएका छन् । स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको भन्दै उनी बालेनको पक्षमा उभिएका हुुन् ।
काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घे’राबन्दीमा परेको भन्दै उनले एक हुुनुुपर्ने बताए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको भन्दै मेयर साहलाई आफनो साथ रहेको बताए ।
उनले लेखेका छन्,‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा’बन्दीमा पारिएको छ ! त्यो निन्द’नीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’
बालेन्द्र थापाथलीस्थित वाग्मती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि आलोचित बनिरहेका बेला हर्कले ढाडस दिएका छन् । शाहले आफूले वाग्मती सभ्यता एकीकृत विकास समितिको आग्रह र समन्वयमा उक्त बस्ती खाली गराउन लागेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।
तर उनको उक्त कदमको धेरैले आलोचना गरेका छन्। आलोचकहरूले शाह तथा महानगरले कानुनी प्रक्रिया पूरा नगरेको र पूर्व सूचना तथा विकल्प नदिइकन वर्षौँदेखि बस्दै आएका त्यस क्षेत्रका मानिसहरूलाई जब’रजस्ती हटाउन खोजेको आ’रोप लगाएका छन्।
यद्यपि यो विषयमा उनको समर्थन गर्नेहरूले त्यहाँ अधिकांश मानिसहरू वास्तविक सुकुम्बासी नभएको र अन्य दलले राजनीति गरेको आरो’प लगाएका छन्।
उक्त विषयलाई लिएर नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत महानगरको कदमको आलोचना गरेपछि शाहले सामाजिक सञ्जालबाटै त्यसको जवाफ फर्काएका थिए।

