गुरिल्ला हिड्ने बाटोमा पर्यटक हिड्न थालेका छन् । १० वर्षे सशस्त्र द्वन्दको क्रममा गुरिल्ला हिड्ने बाटोमा पर्यटकको आगमन बढेको हो । पछिल्लो समय गुरिल्ला पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेको स्थानीयले बताएका छन् ।
त्रिवेणी गाउँपालिका ८ खाराका स्थानीयबासी निर्मल खड्काका अनुसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । दैनिक जसो दर्जन बढी पर्यटक गुरिल्ला पदमार्गमा हिड्ने गरेको उनले बताए । रुकुम, म्यादी, वाग्लुङ र रोल्पा जिल्लालाई समेटर गुरिल्ला पदमार्ग निर्माण गरिएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १० वर्षे माओवादी जनयुद्ध प्रभावित क्षेत्रलाई समेटेर गुरिल्ला पदमार्ग निमार्ण गरीएका हो । सरकार र तत्कालीन माओवादी द्वन्दका कारण प्रख्यात बनेका रुकुम, रोल्पा, म्याग्दी वागलुङलगायतका जिल्लाका ग्रामीण वस्तीहरुलाई लक्षीत गरेर नेपाल पर्यटन वोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला समन्वय समिति रुकुमको पहलमा गुरिल्ला पदमार्ग नाम सहित नयाँ रुट तयार गरेपछि द्वन्दग्रस्त क्षेत्रमा पर्यटकको आगमन बढेको छ ।
द्वन्दवाट प्रभावित क्षेत्रका वासिन्दाको आर्थिक स्तर उकास्न र विदेशी पर्यटनलाई युद्धकालिन दिनचर्या, बिटक वस्तीको जनजिवन र मगर संस्कृतिको अनुभव दिलाउन गुरिल्ला पदमार्ग नामक नयाँ रुट तयार गरीएको जिल्ला समन्वय समितिका सदस्य धनविर ओलीले जानकारी दिएका छन् ।
उनले भने, ‘द्वन्दकालम गुरिल्ला हिड्ने बाटोमा पर्यटकको चहलपहल बढेको छ ।’ गुरिल्ला पदमार्गमा म्यादीको पश्चिम व्यापारी केन्द्र दरवाङ, ताकम, धारापानी, मुना हुँदै वागलुङ सिमना ढोपाटन सिकार आरक्षण हुँदै रुकुम जिल्लाको तकसेरा, सिस्नेहिमाल, चुनवाङ हुँदै रोल्पाको सुलिचौवरसम्म रहेको छ ।’
पदमार्गमा अधिकास मगर बस्ती रहेका छन् । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमश्रृंखला, ग्रामीण जिवन शैली, स्थानिय वासीको द्वन्दकालको अनुभव पदमार्गको मुख्य आर्कषण रहेको छ । रुटका अधिकांश क्षेत्र तत्कालिन माओवादीको सेल्टर मानिन्छ ।
गुरिल्ला पदमार्गको स्थापना भएपनि द्वन्दवाट पीडित जनताहरुले आफनो दिनचर्या विदेशी तथा स्वदेशी पाहुनाहरु सगँ साट्न पाउने भएका हुन । द्धन्दको घाउमा मलम लगाउन सरकारले स्थापना गरेको गुरिल्ला पदमार्गलाई स्थानियवासीले शान्तिको आभास हने त्रिवेणी गाउँपालिका ८ खाराका निमबहादुर ओलीले जानकारी दिएका छन् ।
गुरिल्ला पदमार्गमा २७, १९ र १४ दिनका तीनओटा प्याकेजमा यो पदमार्गको भ्रमण गर्न सकिन्छ । ग्रामीण पर्यटनको सम्भावना भएको यो पदमार्गको प्रचार– प्रसारको लागि नंक्सा र गाईड वुक तयार गरिएको छ । गुरिल्ला पदयात्राको क्रममा हिमाल, जंगल, नदि, छहरा, ग्रामीण, वस्ती, जंगली जनावर र पन्छीको अवलोकन गर्न सकिन्छ ।
पदयात्रामा धौलागीरी, सिस्ने हिमाल, अन्नपुर्ण, चुरेक्षेत्र, पुथा हिमाल लगायतका हिमाल हेर्न पाईन्छ । नेपालको एक मात्र सिकार आरक्षण ढोरपाटक सिकार आरक्ष क्षेत्रमा पर्ने ४ हजार ६० मिटरको उचाईमा रहेको फागुने लेक समेत गुरिल्ला पदमार्गमा समेटिएको छ । पदयात्राको क्रममा ढोरपाटन सिकार आरक्षण हुँदै जानुपर्ने भएकाले नाउर, घोरल, झारल, हिमचितुवा, डाफेलागयातका पशुपंक्षी हेर्न पाईन्छ ।
यसैगरी देशमा चलेको १२ वर्षे ससस्त्र द्वन्दले ग्रामीण वस्तीमा पारेको प्रभाव र असरहरुलाई नियाल्न पाईन्छ । यस पदयात्रामा रुकुम र सल्यानको बिचमा पर्ने खोला बजारवाट शुरु हुने यात्रामा द्वन्दका डामहरु अवलोकण गर्दै स्थानियको भोगाईहरुलाई बुझ्दै गर्ने भएकाले यो पदयात्रा रमाईलो र रमणीय पदयात्रा भएको वुद्धीजिवीको भनाइ रहेको छ ।