राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनले शनिबार यस्तो घोषणा गरेका हुुन्।
चुनाव जितेर काठमाडौं फर्किएका शाहीले विमानस्थलमै आफ्ना समर्थकलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने बताए । शाहीले वाइ’डबडी ‘काण्ड, मेलम्ची का’ण्ड, एनसेल का’ण्डजस्ता ठूला भ्रष्टा’चार का’ण्ड मच्चा’उनेहरुको भण्डा’फोर संसदबाट गर्ने बताए ।
आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्र’ष्ट्राचार काण्डका दोषीलाई जे’ल हाल्ने पनि उनले बताए ।
‘अब हाम्रो लडाइ भ्र’ष्टाचार वि’रुद्ध, अब हाम्रो लगाइ रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्रा’चार नियन्त्रण भएन । अब ठूलठूला काण्ड’ मच्चा’उनेलाई यो पाँच वर्षभित्र जे’ल हाल्न सकिएन भनेपनि कठ’घरामा उभ्याउनेछु ।’
ज्ञानेन्द्र शाहीले विमानस्थलमा पत्रकारसँग विशेष कुराकानी गर्ने भनेर बोलाएका थिए तर उनका समर्थकले बाजागाजासहित नाराबाजी गरेपछि पत्रकार सम्मेलनका साटो सम्बोधन गरेर हिँडे।

