सशस्त्र प्रहरीका जवान भरत कोली कञ्चनपुरको महेन्द्रनगरबाट समातिएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको ह’त्यामा संल’ग्न भएको आ’रोपमा कोलीलाई जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरले समातेको हो ।
हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फ’रार रहेका थिए । मृत’क किशोरीका आफन्तले कोलीको नाममा किटानी जा’हेरी दिएका थिए । कोलीलाई प’क्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो ।
मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँ’टी रेटेर ह’त्या गरेको अवस्थामा श’व फे’ला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँ’टीमा धा’रिलो ह’तियार प्रयोग गरेर ग’म्भीर घा’इते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा र’क्ताम्य अवस्थामा फे’ला परेकी थिइन् । हाल उनको डडेल्धुरा अस्पतालमा उप’चार भइरहेको छ ।
माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए । बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजत’ला’स गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको श’व तथा नेहा घा’इते अवस्थामा भेटिएकी थिइन् ।
भरत र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मङ्गलबार मोबाइल लिन बोलाएकै बेला मायाको ह’त्या भएको बताइएको छ । माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् ।

