सिंगटी हाइड्रो इनर्जीले दोस्रो बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पहिलो शेयर कारोबारको लागि १ सय रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरणपत्र अनुसार कम्पनीको परिष्कृत प्रतिशेयर नेटवर्थ १ सय रुपैयाँ रहेको छ ।
त्यही अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि सो बराबरको ओपनिङ रेन्ज पाउने देखिएको छ । नेप्सेले कुनै पनि कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रतिसेयर नेटवर्थको विन्दुदेखि त्यसको ३ गुणा बढीसम्मको विन्दुलाई लिएर ओपनिङ रेन्ज तोक्न सक्छ कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।
नेपालीको बढेन तलब, भान्छा दैनिक महंगिदै ! नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ । गत फागुनको तुलनामा यो वर्ष घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमुहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
फागुमा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । गत फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो । यो फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि गत वर्षको सोही महिनाको तुलनामा क्रमशः ८.४५ प्रतिशत, ५.५९ प्रतिशत र ३.४७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ४.९२ प्रतिशत रहेको छ ।
२०७७ फागुनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ भने तलव सूचकाङ्क यथावत रहेको छ ।