सत्ताढ गठबन्धनका प्रमुुख दल नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट ५ बर्षमा ३ जना प्रधानमन्त्री हुुन सक्ने दाबी गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले शेरबहादुुर देउवा, माधव नेपाल र प्रचण्ड प्रधानमन्त्री हुुन सक्ने दाबी गरेका हुुन् ।
कांग्रेसमा फेरि पनि देउवा प्रधानमन्त्री हुने भए त्यसका आकांक्षी रामचन्द्र पौडेलदेखि गगन थापासम्मको अवस्था के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भने, ‘रामचन्द्रजीदेखि गगनजीसम्मले इच्छा राख्नुभएको छ, चर्चामा आउनुभएको छ । गगनले इच्छा राख्नु, हिम्मत र आँट गर्नु राम्रो कुरा हो । महामन्त्री हुनुहुन्छ, उहाँसँग अझै समय छ ।
विचार दिन सक्ने नेता पनि हो । रामचन्द्रजी मेरो मित्र हो, छिमेकी हो । उहाँलाई मैले १७ चोटिसम्म भोट हालेको पनि हो । प्रचण्डले राजीनामा गरेपछि उहाँ हुनुुपर्थ्र्यो । दलको नेता हुनुहुन्थ्यो । तर अहिले पनि उहाँको अवस्था देखेको छैन । तैपनि उहाँलाई मेरो शुभकामना छ ।’
देउवापछि प्रचण्ड प्रधानमन्त्री हुने पनि उनले औंल्याए । श्रेष्ठले थपे, ‘प्रचण्डजी पनि प्रधानमन्त्री बन्नुहुन्छ । तर पहिलो चरणमा प्रधानमन्त्री हुने देउवा नै हो । पछि प्रचण्ड र माधव नेपाल दुई वर्ष र एक वर्ष हुन सक्नुहुन्छ । अरु पद पनि बाँडफाँड हुन्छन् ।’
उनले गठबन्धनमा सहमति भयो भने राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पनि लिन सक्ने बताए । श्रेष्ठले भने, ‘राष्ट्रपति र सभामुख गरिमामय पद हो । एकचोटि निर्वाचित भएपछि फेर्न मिल्दैन । त्यसका लागि उपयुक्त पात्र चाहिन्छ । गठबन्धनमा समझदारी भयो भने प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिन पनि सक्छ अथवा माओवादीलाई दिन पनि सकिन्छ ।’