सशस्त्र प्रहरी जवान भरतराम कोली महेन्द्रनगरको बसपार्कमा फेला परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको ह’त्या आ’रोप लागेका कोली भारततर्फ भाग्ने योजनामा कञ्चनपुुर गएका हुुन् ।
शिवनाथ गाउँपालिका–४ घर भएका जवान कोलीलाई आज बिहान करिब १० बजेतिर महेन्द्रनगरको बसपार्कबाट प्रहरीले प’क्राउ गरेको थियो। अड्डासार गरी कोलीलाई बैतडी लगिदैछ।
२२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए। यसअघि मृ’तक मायाका आफन्तले कोलीको नाममा कि’टानी जा’हेरी दिएका थिए।
मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँ’टी रेटेर ह’त्या गरेको अवस्थामा श’व फेला परेको थियो।
उनकी १५ वर्षीया भदै नेहा लुहार घाँ’टीमा धारिलो हति’यार प्रयोग गरेर ग’म्भीर घाइते अवस्थामा भेटिएकी थिइन्। उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा र’क्ताम्य अवस्थामा फेला परेकी थिइन्।
घाइते नेहाले दिएको बयानका आधारमा आरो’पी कोली प’क्राउ परेका हुन्। माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए।
बुधबारसम्म पनि घर नफर्केपछि घर परिवार र प्रहरीले खोजतलास गरेको थियो। खोज तलास गर्दै जाँदा बुधबार मायाको श’व तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।