मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएर लडेका घनश्याम भुसालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् । एमालले टिकट नदिएपछि पार्टीबाट राजीनामा दिएर बाम लोकतान्त्रिक गठबन्धनो समर्थनमा उठेका भुुसालले माधवसँग उनकै निवास पुगेर भेटघाट गरेका हुुन् ।
नेकपा एमालेमा भुसाल नेपालनिकट मानिन्थे । तर, एमालेबाट विभाजित भइ नेपालले एकीकृत समाजवादी बनाउँदा भने भुसाल १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।
तर, यसपटकको चुनावमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवार भुसाललाई पाँच दलीय सत्ता गठबन्धनले सहयोग गरेको थियो । तर, उनी पराजित भएका थिए ।
भुसाल बौद्धिक नेता मान्छिन् । कतिपयले यो भेटमा एकीकृत समाजवादीमा प्रवेशको कुुराकानी भएको दाबी गरेका छन् । भुुसाल अहिले कुुनैपनि पार्टीमा नभएको र एमाले र नेकपामा पनि माधवकै खेमाको नेता भएकाले फेरि माधवकै समूूहमा आउने संकेत देखिएको छ ।