प्राइम टेलिभिजन, रिपोटर्सनेपाल र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले भारतीय खुफिया एजेन्सी रअ प्रमुखलाई भेटेका छन् ।
उनले भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपालस्थित प्रमुखसँग गोप्य भेट र वस्तुस्थितिको रिपोर्टिङ गरेका हुुन् ।
धमला ‘रअ’ प्रमुख राघवप्रसाद भटनागरसँग हिजो बिहान एक घण्टा छलफलमा बसेको खुुलेको छ । भट्नागरसँग भेट गर्न धमला उनको निवास विशालनगर पुगेको बताइन्छ ।
बिहान १० बजे त्यहाँ पुगेका ऋषिले ११ बजेको समयमा फर्केको पत्नी एलिजा गौतमलाई बताएका थिए । यता, देशभा राजनीतिक माहोल गर्माइरहेको छ ।
सत्ता गठबन्धनको बैठकमा आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुँदैछ । निर्वाचनको अन्तिम नतिजा नआइसकेकाले सरकार गठनबारे संवादहरू जारी रहेको बताउँदै चुनावपछिको राजनीतिक परिदृश्यमा छलफल केन्द्रीत हुने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।
‘आजको बैठकमा गठबन्धनले चुनावको समीक्षा गर्छ । साथै सरकार गठनबारे आगामी बाटोका बारेमा समेत छलफल त भई नै हाल्छ’, महासचिव गुरुङले भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

