नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने घोषणा गरेका महामन्त्री तथा सांंसद गगन थापाले आन्तरिक छलफल नगरेको खुुलेको छ । नेता डा. गोविन्दराज पोखरेलले यस्तो खुलासा गरेका हुुन ।
पोखरेलले प्रधानमन्त्री बन्ने भन्ने कुरा मेरो व्यक्तिगत चाहनाभन्दा पनि निर्वाचित भएर आएका पार्टीका ८९ सांसदको हातमा रहेको बताए । उनले भने, ‘को प्रधानमन्त्री बन्ने भन्ने कुरा मेरो व्यक्तिगत चाहनाभन्दा पनि निर्वाचित भएर आएका पार्टीका ८९ सांसदको हातमा छ ।
उहाँहरुले पार्टीको भविष्य, देश र जनताको इच्छा र चाहनालाई आत्मसात् गरेर नै नेता चुन्नुहुन्छ । तर उही पात्र र प्रवृत्तिले सरकारको नेतृत्व गर्न खोज्नुहुन्छ भने आगामी दिनमा अझै घाटा लाग्न सक्छ ।
भएभरको दल बोकेर हामीले आफ्नो राजनीतिक दर्शन र संगठन टिकाएर जान सक्दैनौं । हामीले देशका ४० प्रतिशत जनताले भोट हाल्ने पार्टी बनाउने हो भने नेतृत्व परिवर्तन अपरिहार्य छ ।’
अब शेरबहादुर देउवाको विकल्पमा गगन थापा कि शेखर कोइराला भन्ने धमलाको प्रश्नमा डा. पोरखेलले भने, ‘मलाई लाग्छ, यसपटक शेरबहादुर देउवा संसदीय दलमा सर्वसम्मत हुने अवस्था छैन ।
शेखर–गगन समूह एक जना उम्मेदवार बनाएर अघि बढ्छ । अहिले दुवै नेता सांसद हुनुहुन्छ । जो भए पनि आपसी संवादबाट एक जना उम्मेदवार हुनुहुन्छ ।
उहाँहरुबीच कुरा मिल्छ । स्थापित विधि, विधान र प्रक्रिया अनुसार जसले जित्छ, उही नै संसदीय दलको नेता हुन्छ । तर शेरबहादुर दाइलाई खुसी पार्ने कि देश र जनतालाई खुसी पार्ने ? पार्टीले नयाँ सन्देश दिनुपर्छ ।

