बैतडीको शिवनाथ गाउँपालिका–४ का २२ वर्षीय भरतराम कोलीले आफ्नै प्रेमिकाको ह’त्या गरे । २० वर्षीया माया लुहारको ह’त्या गरेको आरो’पमा महेन्द्रनगरबाट उनी प’क्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा कार्यरत सशस्त्र प्रहरी जवान कोलीले मायाको चक्कु प्रहारबाट ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले अ’भियुक्तले मृ’तक माया आफूबाहेक अरुसँग पनि प्रेम सम्बन्धमा रहेको शं’का गरेपछि उनीहरुबीच वि’वाद भएको र सोही का’रण ह’त्या गरेको खुलेको बताए ।
ह’त्याको घटनाबारे अरुले थाहा पाउने आ’शंकामा मायासँगै रहेकी भतिजी नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई पनि च’क्कु प्रहार गरेको कोलीले बयान दिएको डीएसपी शाहीले बताए । च’क्कु प्रहारबाट लुहार घा’इते छिन् ।
भरतराम कोली र माया लुहारबीच फेसबुकबाट चिनजान भएको थियो र पहिलो भेट ११ मंसिरमा भएको थियो । फेसबुकबाट कुराकानी गर्दै जाँदा उनीसँग प्रेम भएको र आफू ७ मंसिरमा घरविदामा आएका बेला भेट भएको कोलीले बताएका छन् ।
११ मंसिरमा उनीहरुबीच पञ्चेश्वर गाउँपालिका–४ आमचोरामा भेटेका थिए । आफूसँग भेटेका बेला फोन आएपछि मायाले नउठाएर गोजीमा हालेपछि भरतले शं’का गरेका थिए । को हो भनेर सोध्दा जवाफ नदिएपछि उनले मोवाइल खोसेर आफूसँगै राखेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
११ र १२ गते मायाको मोबाइल आफूसँग राखेका कोलीले १३ गते मायालाई मोवाइल लिन शिवनाथ गाउँपालिका–६ को ओल्या ओख्डानी ठूलो खोला सामुदायिक वनमा बोलाएका थिए । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।