प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने बाटो खुुलेको छ । बुुधबार संसद सचिवालयका महासचिव भरतराज गौतमले हस्ताक्षर गरी राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद र संवैधानिक परिषदलाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएका छन् ।
जबरा आफैले हेरेको ललिता निवास जग्गा प्रकरणमा मु’द्धा चलाउन माग गरिएको रिटको अन्तिम फैसला आउने मिति तोकेको र नेकपा एकीकृत समाजवादीको दल दर्ता अ’बैध रहेकोले खारेज गरिपाऊँ भन्ने नेकपा एमालेको रिटको अन्तिम सुनुवाई बाँकी रहेकोले अब जे’ल जानुपर्ने भन्दै माधव र बाबुराम त्रसित बनेको बताइन्छ ।
उनीहरु दुवै जना बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा ल्याउने मुख्य पात्र रहेको बताइन्छ । यता, जबराविरु’द्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन ।
पेश गरिएको उक्त पत्रमा असंवैधनिक र गैर कानुनी भएकाले ब’दर हुनु पर्ने माग गरिएको सर्वोच्च बार एशोसिएशनका सदस्य अनन्तराज लुइँटेलले बताएका छन ।

