पूूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई जन्मेको केही समयमै धक्का लागेको छ । मंसिर ४ मा सम्पन्न भएको चुुनावमा पार्टीले प्रत्यक्षतर्फ १० सीट जीत निकाले पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा आगामी दिनमा जुनसुकै बेला सांसद जता पनि ढल्किने सक्ने अवस्था छ।
थ्रेसहोल्ड कटाउन नसक्ने दलका सांसद संसदमा स्वतन्त्र हुन्छन्। राष्ट्रिय दल बन्न नसकेका कारण एकीकृत समाजवादीमा संसदीय दल हुनेछैन। स्वतन्त्र सांसदका रुपमा प्रतिनिधि सभामा उभिने सांसदलाई ह्विप नलाग्ने भएपछि अध्यक्ष माधव नेपालसँग पार्टी एकीकरण गर्नुको विकल्प छैन।
उनी १० सांसदसहित एकीकरण गरी माओवादीलाई थप बलियो बनाउँछन् या कांग्रेसलाई नेक टु नेक च्यालेन्ज गर्न सक्नेगरी एमाले फर्किन्छन् भन्नेचाहिँ टुंगो लागेको छैन।
नेकपा विभाजनका बेला केपी शर्मा ओलीतिर खुलेका तत्कालिन केही सांसद मन्त्री पद पाउनका लागि नै अध्यक्ष नेपालतिर लागेका थिए। मन्त्री परिवर्तनका बेला अध्यक्ष नेपाल र उनीहरूको कचपच पनि परेको थियो।
तिनै सांसदले पार्टीबाट निर्वाचन जीते पनि आगामी सत्ता समीकरण र सरकार गठनको अवस्थालाई हेरेर अध्यक्ष नेपालको राजनीतिक ताकतलाई कमजोर बनाउन सक्ने देखिन्छ।
एकीकृत समाजवादीबाट डोटीमा प्रेम आले, बारामा किसान श्रेष्ठसहित १० जनाले जीत निकालेका थिए। यी तिनै दुई व्यक्ति हुन् जो मन्त्री पदका लागि तत्कालिन नेकपा विभाजनका बेला ओलीतिर टाँसिएका थिए भने सत्ता परिवर्तन हुने अवस्थामा अध्यक्ष नेपालतिर जोडिएर सरकारमा पुगेका थिए।
‘यस्तै प्रवित्तिका नेताका कारण माधवकुमार नेपाललाई धोका हुन सक्छ, यसको विकल्पमा उनले के गर्लान्रु’, उच्च स्रोतले भन्यो,‘यो अवसरलाई सरकार बनाउने एमालेले पनि प्रयोग गर्न सक्छ।’