राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको विवादबारे मुख खोलेका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवा’द गज्जब भएको बताएका हुुन ।
उनले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताएका छन । पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरो’ध गरेका छन् ।
लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैले नै खब’रदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’
सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताएका छन । नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानले राज्यले गर्ने छान’बिनमा सघाउने बताएका छन ।

