एनसेल आजियाटा लिमिटेडको सेवामा बिहीबार बिहानैदेखि एकाएक समस्या आएको छ । पूूर्वसूूचना नै नदिई यस्तो समस्या आएपछि कतिपय सेवाग्राही आक्रोशित भएका छन् ।
सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिएका कारण समस्या भएको एनसेलले जनाएको छ । आज बिहीबार सडक विस्तारका क्रममा बुटबल– बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ ।
कम्पनीका सम्बन्धित मर्मत सम्भार टोली फिल्डमा खटिएको र चाँडै पूर्ण सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा पुनः सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा ११ बजेदेखि पुनःस्थापना भएको हो ।
सडक विस्तारका क्रममा दमौली र सिन्धुलीमा अप्टिकल फाइबर चुँडिदा देशभर कम्पनीको मोबाइल सेवा अवरुद्ध भएको थियो । जसबाट करिब डेढ घण्टा जति कम्पनीका ग्राहकले मोबाइल तथा डेटा सेवा प्रयोग गर्न पाएका थिएनन् ।