हालै सम्पन्न चुुनावमा प्रतिनिधिसभामा उदयीमान राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम युुवाहरुका लागि प्रेरणाको स्रोत र आशाको किरण बनेकी छिन् । उनी घण्टी चिन्हबाट काठमाडौँ क्षेत्र नम्बर-२ बाट निर्वाचित भएकी हुुन ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी ओनसरी घर्तीजस्ता हेभिवेट हस्तीलाई हराएर उनी पहिलो भइन् । सभामुख समेत भइसकेकोे र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री समेत हुन सक्ने भनेर ओनसरीको प्रशंसा गरे पनि काठमाडौँ-२ का जनताले भोट दिएनन् उनी नमज्जासँग पराजित भइन् ।
काठमाडौँ-२ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो ।
जम्मा २७ बर्षकी सोविता गौतमले सबैको घण्टी बजाइन । सांसद फेरिरहने काठमाडौँ-२ ले ५ बर्षका लागी सोविता गौतमलाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइरहेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिलाहरु प्रत्यक्ष निर्वाचित भएका छन् ।
२७५ सदस्यीय प्रतिनिधी सभामा सोविता गौतम सबैभन्दा कान्छी सांसद भएकी छिन् । सम्भवत २७ बर्षको उमेरमा प्रत्यक्ष निर्वाचित हुने महिलामा आज सम्मकै रेकर्ड उनले बनाएकी छिन् ।
कुनै दिन नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना समेत उनले बनाएकी छिन् । एक टेलिभिजन कार्यक्रममा राजनितीक भविष्यबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै सोबिताले भनेकी छिन् के थाहा एक दिन यो देशको पहिलो महिला प्रधानमन्त्री पो बन्छु की ! अहिले सम्म कोहि बनेको छैन क्यारे !
नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा सोबिताले आफ्नो पारिवारिक राजनितिक र पृष्ठभूमि, भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलताको कथा उनले सेयर गरेकी थिइन् ।
उनले उक्त अन्तवार्तामा सबै बिषयमा खुलेर जवाफ दिएकी थिइन् । कार्यक्रमको अन्तिम तिर प्रस्तोताले उनलाई प्रश्न गरे -लभ परेको छ की छैन ?
अविवाहित सोविताले केहि केहिक्षण रोकिँदै सहज जवाफ दिइन् ‘लभ..परेको छ’, । उक्त अन्तवार्ताको क्लिप अहिले टिकटकमा भाइरल भएको छ ।
कुनै समय नेपाल टेलिभिजनमै कार्यक्रम प्रस्तोताको रुपमा काम गर्ने सोबिता माननीय सांसदको हैैसियतमा एनटिभीमै अन्तवार्ता दिन पाउनु आफैँमा गौरवुर्णक्षण थियो ।