पूूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति बन्ने आफ्नो चाहना नभएको बताएका छन् । नेपालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डबाट आएको राष्ट्रपति बन्ने अफर अस्विकार गरेका हुुन् ।
देउवा र दाहालबाट प्रस्ताव आउनु सकारात्मक भएको भन्दै उनले दुवै नेतालाई धन्यवाद दिएका छन् । उनले आफूनिकट नेताहरुसँग भन्ने गरेका छन–‘उहाँहरुबाट मलाई राष्ट्रपति बन्ने अफर आएको छ, मैले उहाँहरुलाई त्यो प्रस्तावको लागि धन्यवाद भनेको छु । अहिले मेरो ध्यान पार्टी निर्माणमा नै छ ।’
उनले अझै केही वर्ष आफू सक्रिय राजनीतिमा नै लाग्ने बताउने गरेका छन् । उनले भने,‘अब म पार्टी बलियो बनाउँछु । वामपन्थीहरुबीच सहकार्य हुन्छ । अहिले एमालेबाहेक प्रचण्डजी र उपेन्द्र यादवजीसँग सहकार्य र एकतासम्मको पहल गर्छु ।’
नेपालले संसद्को आगामी वर्षको कार्यकालभित्रै आफू पनि प्रधानमन्त्री हुनेगरि गठबन्धनमा छलफल भएको उनको दाबी छ । तिनै शिर्ष नेताहरु पाँच बर्षमा आलोपालो प्रधानमन्त्री बन्ने तर पहिले को बन्ने भन्ने सहमति नभएको उनले जनाए ।