नेकपा एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) ले साना दललाई समेटेर नयाँ सरकार गठन गर्न लागेको खुुलासा भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउँदै वामपन्थी सरकार गठनको आन्तरिक गृहकार्य भइरहेको उच्च स्रोतको दाबी छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकटका नेता महेश बस्नेत नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
नेता बस्नेत शनिबार नेपालको कोटेश्वरस्थित् निवासमा पुगेको उच्च स्रोतको दाबी छ । त्यसअघि बस्नेतले अब वामपन्थीहरुकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरेका थिए ।
उनले एमाले, माओवादी, नेकपा (एकीकृत समाजवादी) ले साना दललाई समेटेर नयाँ सरकार गठन गर्ने खुलासा गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरु तयार भएको पनि बताएका छन् ।
नेकपा विभाजनपछि नेता बस्नेतले पहिलोपटक आज माधव नेपालसँग भेटवार्ता गर्न लागेका हुन् । बस्नेत एमाले अध्यक्ष केपी शर्मा ओलीको दूतको रुपमा नेपालसँग भेटवार्ताको लागि कोटेश्वर पुगेका हुन् ।
पछिल्लो समय वामपन्थीहरुकै नेतृत्वमा नयाँ सरकार गठनको लागि गृहकार्य भैरहेको छ । यसको लागि एमाले र माओवादीका दोस्रो तहका नेताहरुले पहल थालेका छन् ।