नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज ६९ औँ बर्षमा पाइला टेकेका छन् । पूूवर्् प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई जन्मदिनको अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रत्यक्ष भेटेर र सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् ।
सो दलबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु शुभकामना दिनको लागि विहानै उनको निवासमा भेला भएका छन् । यस्तै, दाहालको स्वकिय सचिवसमेत रहेकी छोरी गंगा दाहालले पनि प्रचण्डलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।
उनले अब देशको लागि विकास र समृद्धिको एकमात्र सपना पूरा गर्ने अवसर मिलोस भनेर बुवा प्रचण्डलाई शुभकामना दिएकी छिन् ।
उनले फेशबुकमा लेखेकी छिन्(” हरेक घेराबन्दि र चुनौतीको सामना गर्दै केवल देश र जनताको लागि बिना कुनै स्वार्थ मुलुकलाई यहॉ सम्म ल्याउन सफल हुनुभएको छ।
अब देशको लागि “विकास र समृद्धि” को एकमात्र सपना पुरा गर्ने अवसर मिलोस् जन्मदिनको यहि शुभकामना छ बुवा!”

