राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल उत्तरार्धमा पुुगेको छ । नयाँ सरकार बनेलगत्तै नयाँ राष्ट्रपतिको निर्वाचन हुने छ । लगातार दोस्रो कार्यकाल राष्ट्रपति बनेर कीर्तिमान राखेकी भण्डारीले पुनः एमालेबाट सक्रिय राजनीति गर्न सक्ने धेरैले अपेक्षा गरेका छन् ।
आठ वर्ष राष्ट्रपति हुँदा पनि उनले पार्टी क्याडरकै भूमिका निभाएको भन्दै आलोचना हुने गरेको थियो । एमालेमै पनि उनी आफ्नो पार्टीबाहेक अरुको सर्वस्वीकार्य राष्ट्रपति बन्न नसकेको भन्ने टिप्पणी हुने गथ्र्यो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले भण्डारीलाई साझा राष्ट्रपति बन्ने सुझाव दिने गरेका थिए । तर उनी एमालेको आन्तरिक राजनीतिमा कहिल्यै पनि निरपेक्ष बसिनन् ।
पार्टीमा विवाद देखियो कि नेताहरूलाई शीतल निवास बोलाएर परामर्श गर्ने काम उनले खुलेयाम गर्दै आएकी थिइन् । त्यही भएर धेरैले राष्ट्रपतिबाट घर फर्केपछि उनले फेरि पनि एमालेको कमान्ड सम्हाल्ने अनुमान गरेका छन् ।
आइतबार एपीवान टेलिभिजनमा उनले दिएको अन्तर्वार्तामा समेत भण्डारीले आफू पुनः सक्रिय राजनीतिमा फर्किने संकेत गरिन् । उनले आफ्ना पति मदन भण्डारीको दुर्घ’टनामा मृ’त्यु नभई हत्या नै भएको दलिल पेस गरिन् ।
तर, एमाले सरकारमा धेरै लामो समय बस्दा र आफैं पनि आठ वर्ष राष्ट्रपति बन्दा उनले कहिल्यै पनि मदन भण्डारीको ह’त्या प्रकरण छान’बिनमा मुख खोलिनन् ।
बरु राष्ट्रपतिको कार्यकाल पूरा गरेर घर जाने बेला उनले आफ्नो पतिको ह’त्या भएको दलील पेस गर्दै सक्रिय राजनीतिमा आउने उनले संकेत गरेकी छन् । उनी राष्ट्रपति बन्ने बेला एमालेको उपाध्यक्ष थिइन् ।

