भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिध्याउन उक्साउने व्यक्ति समातिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मा’र्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार प’क्राउ परेका हुुन् ।
सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मा’र्न’ एउटा मानिसहरूको समूहलाई दुरु’त्साहन गरेका थिए ।
एउटा भाइरल भिडियोमा पटेरियाले पार्टी कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन ख’तरामा छ । संविधान बचाउनु छ मोदीलाई मा’र्न तयार हुनुहोस् । ’
उनको टिप्पणीपछि, मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरु’द्ध मु’द्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरु’द्ध सोमबार दिउँसो पन्नाको पवई था’नामा मु’द्दा दर्ता गरिएको थियो ।