गत भदौ १८ गते भएको इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलालाई झड्का लागेको छ । इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदा’ह गरेकी पुष्पा न्यौपानेको घटनामा उनो हात रहेको भन्दै तानिएका छन् ।
उनीमाथि इन्गेजमेन्ट तोड्ने सुधन संग्रौलाविरुद्ध प्रहरीले आत्मह’त्या दुरु’त्साहनमा मु’द्दा अगाडी बढाएको छ। आत्मह’त्या दुरु’त्साहनमा मु’द्दा चलाउने गरी अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।
मङ्सिर १९ गते साँझ सुधनको घर नजिकै पुगेर पुष्पाले आफैँलाई पेट्रोल छर्किएर आ’गो लगाएकी थिइन्। उनको भोलिपल्ट कीर्तिपुर वर्न अस्पतालमा मृ’त्यु भएको थियो।
मुलुकी अ’पराध संहिता अनुसार आत्मह’त्या दुरुत्सा’हनको कसुरमा ५ वर्षसम्म कै’द र ५० हजार रुपैयाँसम्म ज’रिवानाको व्यवस्था छ। सुधनलाई यही स’जाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
घटना भएकै दिन सुधनसहित उनका दाजु र बाबुआमालाई पनि प्रहरीले प’क्राउ गरेको थिए। तर अदालतले सुधनलाई मात्रै आत्मह’त्या दुरुत्सा’हनमा मु’द्दा चलाउन अनुमति दिएको दिएको छ।
सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट गरेका थिए। तर इन्गेजमेन्टपछि उनीहरूको सम्बन्ध बिग्रिएको थियो। यो कुरा दुवैको परिवारसम्म पुग्यो।
विवाह नहुँदै सम्बन्धमा दरार आएपछि दुवैका परिवारकै सल्लाहमा इन्गेजमेन्ट तोड्ने सहमति भएको थियो। इन्गेजमेन्ट तोडिएपछि सुधनको घरको गेट अगाडि पुष्पाले आफैँलाई आ’गो लगाएकी थिइन्।