नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन् । पूूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुुन् ।
निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न खनालको तर्फबाट रिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
पौडलका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ । खनाल नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित भएका थिए।
यसअघि २०७४को निर्वाचनमा उनी नेकपा एमालेबाट सांसद निर्वाचित भएका थिए । तर, यसपटक एमाले फुुटेर एकीकृत समाजवादी बनेपछि त्यहाँ एमाले नै बलियो देखिएको हो ।

