कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त घटनामा नयाँ ट्वीस्ट आएको छ । ब’लात्कारपछि ह’त्या गरिएकी निर्मलाको अनुसन्धानका क्रममा झण्डै ७ सय जनाको धारणा लिएको छ ।
हालसम्म कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको स्वावसँग मेल खाएको छैन । प्रहरीले अहिलेसम्म डीएनए परीक्षणलाई नै मुख्य पाटो मानेको छ ।
घटनाबारे प्रहरी अधिकारीहरुकै मत अनुसन्धानका क्रममा बाझिँदै आएका छन् । घटनाको जिल्ला प्रहरी, सीआईबी र प्रदेश प्रहरीको टोलीले अनुुसन्धान गर्दै आएको छ ।
प्रहरीले ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभि’युक्तको रुपमा सार्वजनिक गरेको थियो । तर निर्मलाको स्वाबसँग डीए’नए नमिलेपछि उनी छुटेका थिए ।
हालसम्म एक दर्जन बढी प्रहरी अधिकारीहरुले निर्मला प्रकरणको अनुसन्धान गरेका छन् । तर कसैले पनि नयाँ ‘क्लु’ फेला पार्न सकेका छैनन् । आशंकाका भरमा विभिन्न व्यक्तिहरु प’क्राउ परेपनि प्रर्याप्त प्रमाणको अभावमा उनीहरु छुट्दै आएका छन् ।
अनुसन्धानमा संलग्न सबैजसो प्रहरी अधिकारीहरु स्थानीय, परिवारका सदस्यको सहयोग नपाएको गुनासो गर्दै आएका छन् । अनुसन्धानमा रहेर काठमाडौं फर्किसकेका एक उच्च अधिकारीले भने, “परिवारका सदस्यसँग हामीले घरमा आउने जानेहरुको बारेमा धेरै पटक जानकारी माग्यौं । तर उहाँहरु प्रहरीले हत्यारा समात्न सक्दैन भनेर केही बताउन चाहनुहुन्न । त्यसबाट पनि केही खुल्न सक्थ्यो कि भन्ने हाम्रो विश्वास हो ।”
यसबाहेक सूचना संकलनमा पनि पर्याप्त मात्रामा स्रोत साधनको अभाव भएको अधिकारीहरुको बुझाई छ । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।
उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृ’त फेला परेकी थिइन् ।