रुरु जलविद्युत परियोजना लिमिटेडको दोस्रो चरणको आईपीओ यही शुक्रबारभित्र सर्वसाधारणलाई बाँडफाँड हुने भएको छ । कम्पनीले १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गरेकोमा २ करोड ३३ लाख ७७ हजार २२० कित्ताको लागि आवेदन परेको छ।
जुन माग गरिएभन्दा ६२ गुणा बढी हो। बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको अनुसार हाल आईपीओ को डाटा भेरिफिकेशनको काम भैरहेको छ । त्यसपछि प्रिअलटमेन्ट गरि यही शुक्रबार नै आईपीओ बाँडफाँड हुनेछ। निष्कासन गरेको शेयर मध्ये ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरुका लागि,
२० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ । आईपीओको नतिजा लगानीकर्ताले सिडिएससीको नया वेबसाइट, मेरो शेयर, कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइटबाट हेर्न सक्नेछन्।
सुनको मूल्यले रेकर्ड बनाएको वर्ष २०७७ सालको अन्तिम दिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। चैत महिना तथा २०७७ सालको अन्तिम दिन आज सुनको मूल्य १ सय रुपैंयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य ८९ हजार ५ सय र तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैंयाँ रहेको छ।
चैत महिना सुनको मूल्य चैत महिनामा छापवाला सुन ८५ हजार ६ सय देखि ८९ हजार ९ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजावी सुन भने ८५ हजार १ सय ५० देखि ८९ हजार ४ सय ५० रुपैंयाँ सम्ममा कारोबार भयो। २०७७ सालमा सुन कोरोना भाइरस संक्रमण पश्चात विश्व अर्थ तन्त्रमा परेको असरका कारण सुनको मूल्यमा विश्वभर नै उतारचढाव भयो।
यस वर्ष सुन इतिहाँसकै महँगो भयो। सुन कयौं दिन १ लाख भन्दा बढी रकममा बिक्रि भयो। यस वर्षको साउन २३ गते सुन नेपालको इतिहाँसकै महँगो भयो। त्यस दिन छापावाला सुन १ लाख ३ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैंयाँ कायम भएको थियो।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि सुनको मूल्य केहि महिना ठप्प भएको थियो। सुनको कारोबार पुनः खुल्ला भएको पहिलो दिन सुनको मूल्य जेठ २५ हजार ८७ हजार ४ सय कायम भएको थियो। यस वर्ष सुन कम्तीमा ८५ हजार ६ सय देखि १ लाख ३ हजार सम्ममा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।