डा. पंकज चौधरी प्रहरीको फन्दामा परेका छन् । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कु’टपिट गरी घर निकाला गरेको आ’रोपमा मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकज समातिएका हुुन् ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलका अनुुसार नेहाले दिएको दाइजो विरु’द्धको जाहे’रीका आधारमा उनलाई प’क्राउ गरे गरिएको हो । यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिं’सा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् ।
पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भनिरहेका थिए । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थु’नेको थियो । दाइजो वि’रुद्धको क’सूरमा कार’बाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरास’तमा राखिएको छ ।
तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा. पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।
पछिल्लो समय नेहाको समाचारले सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्राथमिकता पाएको थियो । अहिले पनि सामाजिक सञ्जालमा पंंकजमाथि धेरैले आलोचना गर्दै आक्रोश पोखिरहेका छन् ।