अमेरिकामा जोनसन एण्ड जोनसनले बनाएको कोरोनाको खो’प स्थगित गरिएको छ । अमेरिकामा अहिलेसम्म जोनसनले बनाएको ६८ लाख खो’प लगाइएकोमा अहिलेसम्म ६ जनामा डिमागमा रगतको थक्का जमेको पाइएपछि यस बारेमा अनुसन्धान गर्न हाललाई खोप नलगाउने निर्णय गरिएको हो ।
अमेरिकी फुड एण्ड ड्र’ग्स एडमिनिस्ट्रेसन (एफडीए) ले अस्थायी रुपमा जोनसनको खो’पमा रोक लगाइएको जानकारी दिएको छ । एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा जोनसनको खोप लगाएर दिमागमा रगतको थक्का जमेर एक जनाको मृत्यु भएको र अन्य पाँच जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ ।
सबै ६ जना महिला भएको र उनीहरुको उमेर समुह १८ देखि ४६ बर्ष रहेको छ । उनीहरुलाई खो’प लगाएको ६ देखि १३ दिनमा यस्तो लक्षण देखिएको हो । एफडीएले सबै राज्यलाई हाललाई अस्थायी रुपमा जोनसनको खो’प लगाउन रोक्न निर्देशन दिएको छ ।
अमेरिकी औ’षधी निर्माता कम्पनि जोनसन एण्ड जोनसनले यो खो’प बेल्जियममा बनाएको हो । सामान्य फ्रिजमा राख्न सकिने यो खो’प कोरोना वि’रुद्धको एक डो’ज लगाए पुग्ने एक मात्र खो’प हो । अमेरिकी वरिष्ठ भाइरल रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले जोनसनको खो’पको प्रयोग अनुमति रद्ध गर्ने बारे अहिले नै कुनै निर्णय गर्नु हतार हुने बताएका छन् ।
निकै कम प्रतिशतमा मात्र यस्तो लक्षण देखिएकाले अहिलेनै हतार गरेर निर्णय गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् । उनले यस बारेमा नियमन एजेन्सीहरुले अनुसन्धान गरेर थप निर्णय लिने बताएका छन् । एस्ट्राजेनेकाको खो’पमा पनि यस्तै सम’स्या देखिएपछि युरोपका देशहरुमा स’मस्या आएको छ ।