प्रतिनिधिसभाको प्रत्यक्ष र समानुुपातिक दुुवै तर्फको नतिजा आएर अब सरकार गठनको थालनी भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिलाई निर्वाचनको परिणाम बुुझाएपछि पुुस २८ भित्र सरकार बन्ने भएको हो ।
सत्तारुढ गठबन्धनको एक दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पहिलो कार्यकालका लागि प्रधानमन्त्री बन्ने मन बनाएका छन् । उनले भ्र’ष्टाचार नियन्त्रणमा काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताएका छन् ।
बुुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै उनले सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् ।
चुनावपछि पहिलोपटक आफैँले कखरा पढेको विद्यालयमा पुगेर उनले भने, ‘तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने ।
उनले आफू प्रधानमन्त्री भएमा ४७ सालयताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्ति र सरकारमा रहेका व्यक्तिको सम्पत्ति छा’नबिन गरेर दो’षी ठहरिए कडा का’रबाही गर्ने दाबी गरे ।

