राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास छिरेका छन् । चुुनावी माहोल सकिएपछि सरकार गठनको कसरतका बीच राती दुुवै नेताबीच बीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रवार राति भेटवार्ता भएको हो ।
सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।
भेटका क्रममा एकअर्कामा बधाई साटासाटका साथै आगामी दिनमा गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
संघीय संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा सहभागी हुनका लागि छलफल अघि बढाएको छ।
नेकपा एमालेले सरकार बनाउन सक्ने संकेत पाएपछि लामिछाने ओली भेट्न बालकोट पुगेको स्रोतको दाबी छ ।
सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ ।
केही कमजोरीहरुमा असहमत रहेपनि ओलीको जनतालाई खुुसी बनाउने सपना, वाककला र दुुरदर्शी सोचबाट रवि लामिछाने पहिलेदेखि नै प्रभावित रहेको बताइन्छ ।