नेपालको राजनीतिमा समाजवादी केन्द्र बनाउने घोषणा भएको छ । पूूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका हुुन् ।
आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा नयाँ सरकार बने लगतै समाजवादी केन्द्र बन्ने उनले बताएका छन ।
उनले भने, हामीले निर्वाचन अघि समाजवादी केन्द्र बनाउने समझदारी गरेका थियौं । अब तत्काल सरकार बनाउनमै केन्द्रित हुनुपर्ने छ’ ‘संघीयदेखि प्रदेशका सरकार निर्माण भएपछि समाजवादी केन्द्र बनाउने विषयमा बहस र छलफल हुन्छ ।’
यदि समाजवादी केन्द्र बनाएर एउटै पार्टी बनाउन नसके पनि लुज फोरम जस्तो बनाएरै छाडिने प्रचण्डले बताए ।
समाजवादी केन्द्र बनाउने विषयमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, वामदेव गौतम नेतृत्वको नेकपा एकता महाधिवेशन लगायत पार्टी र समूह जोडेर बनाउने बताएको छ ।

