धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले माफी मागेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो एउटा फेसबुक स्टाटसको विषयमा क्षमा मागेका हुुन् ।
उनले गत मंसिर २८ गते फेसबुक स्टाटसमा वि’रोधीहरुलाई उधृत गर्दै ‘चमारे’ शब्द उल्लेख गरेका थिए । सो विषयमा राष्ट्रिय दलित आयोगले पनि आ’पत्ति जनाएको थियो ।
साम्पाङले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टाटसले दलित समुदायलाई नराम्रो लागेको प्रति दुःख व्यक्त गर्दै क्षमा मागेका छन् ।

यता, सुनसरीको धरान उपमहानगरपालिकामा सक्रिय विभिन्न ६ राजनीतिक दलका प्रमुखहरुले उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) लाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर समस्या समाधानको पहल गर्न आग्रह गरेका थिए ।
गत १३ असोजमा बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानले विचार राखिरहँदा बैठक छाडेर जान भनेको र पछि पत्रकार सम्मेलन गरेर कार्यपालिका सदस्यको राजीनामा माग्ने मेयर साम्पाङको अभिव्यक्ति फिर्ता लिन राजनीतिक दलहरूले आग्रह गरेका हुन् ।
‘नगर प्रमुख हर्कराज राईलाई आफ्नो शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समस्याको सामाधान खोज्न र सामूहिक नेतृत्वसहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरुप अगाडि बढ्न यसै विज्ञप्तिमार्फत सुझाव प्रस्तुत गर्न चाहान्छौं,’ दलहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

