नयाँ सरकारको गठनको तिव्र तयारी भइरहदा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले सनसनीपूूर्ण अभिव्यक्ति दिएका छन् । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक समेत रहेका उनले मुलुक अब मध्यावधि निर्वाचनमा जाने बताएका छन् ।
उनले अहिलेको निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद्मा दलहरुको उपस्थिति हेर्दा मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेर गएको दाबी गरेका हुुन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्तापछि यस्तो बताएका हुन् । उनले माधव नेपाललाई कांग्रेससँग कम्युनिष्टले मिलेर सरकार बनाउन नहुने सुझाव दिएको पनि सुनाए ।
उनले भने,‘मैले त प्रष्ट रुपमा भनेको छु, कांग्रेस र कम्युनष्टिको सरकार बनाउनु हुँदैन् । कांग्रेसको नेतृत्वमा बन्दा गैर कम्युनिष्टहरुको सरकार बनाउ ।
कम्युनिष्टहरुले बनाउने हो भने पनि कांग्रेसबाहेकलाई राखेर बनाउ भनेको छु । बरु, कांग्रेसको नेतृत्वमा गैरवामपन्थीहरुको सरकार बने केपी ओली, प्रचण्ड र माधव नेपालहरु प्रतिपक्षी मोर्चामा बस्दा हुन्छ । उहाँहरुले साझा मोर्चा बनाउनुपर्छ ।’
यता, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुुर देउवाले भने वर्तमान गठबन्धनकै निरन्तरता र सरकारको नेतृत्व आफैँले गर्ने इच्छा व्यक्त गरेका छन् ।
अहिले खासगरी राष्ट्रपति, प्रधानमन्त्री र सभामुुख लगायतका पदमा मुुख्य रुपमा गाँठो परेको छ । गठबन्नका अर्का नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले आफूूले देशको नेतृत्व गर्ने चाह व्यक्त गरिरहेका छन् ।