नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुुगेका छन् ।
आजै बिहान चितवन पुगेका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिधै कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुुन् ।
प्रचण्ड र नेपालबीच एक घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ। उनीहरूबीच नयाँ सरकार गठन लगायतका विषयमा कुरा भएको बताइएको छ।
आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिने म्याद दिएर दलहरुलाई संविधानको ७६ (२) अनुसार नयाँ प्रधानमन्त्री सिफारिस गर्न समय दिइसकेका छन् ।
राष्ट्रपतिको आह्वान लगत्तै आइतबार साँझ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
सोमबार बिहान चितवन पुगेका प्रचण्डले आफू प्रधानमन्त्री पदकै लागि जे पनि नगर्ने र सत्ता गठबन्धनभित्रै प्याकेजमा सहमतिको प्रयास भइरहेको बताएका थिए ।