सत्ता गठबन्धनका एक नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूूतिर तान्न एमालेले अन्तिम अस्त्र प्रहार गरेको छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् ।
आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका हुन् ।
वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गर्ने बताए ।
अहिलेको राजनीतिलाई पुरानै बाटोमा फर्काउन पनि एमालेले त्याग गरेर भएपनि माओवादीलाई प्रधानमन्त्री छोड्नु पर्ने उनको तर्क छ । राजनीतिलाई सही बाटोमा ल्याउन अहिलेनै पहल गर्नुपर्ने उनको भनाइ थियो ।
प्रचण्ड प्रधानमन्त्री बन्ने एमालेले राष्ट्रपति लिने र अन्य कम्युनिष्ट दललाई समेत मिलाएर राजनीतिको नयाँ कोर्ष सुरु गर्नुपर्ने उनले बताए ।
निर्वाचनका बेला एमालेले नयाँ प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको भएपनि नयाँ राजनीतिक मोडमा नयाँ निर्णय लिनसक्नु पर्ने उनले बताए ।
एमाले–माओवादी एकतामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाधक बनिरहेको उनले आ’रोप थियो ।

