क्रिकेटर सन्दीप लामिछानेको मुु’द्धामा ७ पुसमा पेशी तोकिएको छ। उनलाई पुर्प’क्षका लागि का’रागार चलान गर्ने जिल्ला अदालतको आदेश विरु’द्धको पुनरावेदन मु’द्दामा बिहीबार पेशी तोकिएको हो।
उच्च अदालत पाटनमा सन्दीपका कानुन व्यवसायीले गत मंसीर २९ गते मु’द्दा दर्ता गरेका थिए । पी’डित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्च अदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।
साथै जबर’जस्ती कर’णी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ। त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जे’लमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरु’द्ध गत २१ भदौमा उजुरी परेको थियो। काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती सन्दीपकी ‘फ्यान’ थिइन्। सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए।
त्यसको अघिल्लो दिन उनले पी’डित भनिएकी किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बला’त्कार गरेको आ’रोप छ। पछि सन्दीप असोजमा नेपाल आएपछि प’क्राउ परेका थिए। उनी पु’र्पक्षका लागि जे’ल चलान भएका छन्।
सन्दीपले पहिलेदेखिनै आफूविरुद्ध षड्य’न्त्र भएको बताउँदै आएका सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे बताउँछन्।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता अच्युतमणि न्यौपानेले भन्छन् ‘‘यो मु’द्दामा पी’डित र जाहेरी’वालाहरूको बकपत्र सम्पन्न भइसकेको छ।
पीडितले मलाई सन्दीपले ज’बरजस्ती कर’णी गरेकै हो भनेर बकपत्र गर्नुभएको छ। प्रतिवादीको साक्षीहरूको बकपत्र पनि छ। त्यसमा घटना भएका भन्ने कुरा अस्वीकार गरिएको छ।’’
किशोरीले अदालतमा बयान फेर्न सक्ने आशा सन्दीप पक्षधर वकिलहरूलाई भए पनि बयान नफेरिएपछि निराश बनेका छन्। यससँगै पीडि’त किशोरी ‘होस्टायल’ बन्न सक्ने संभावना समाप्त भएको छ।

