पूूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्य समस्याका कारण नेपाल मंगलबार अस्पताल भर्ना भएका छन्।
अध्यक्ष नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य सङ्क्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज भर्ना गरिएको हो ।
छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली उनको उपचारमा संलग्न रहेको नेपालको निजी सचिवालयले जनाएको छ।
चिकित्सकको सुझाबअनुसार अध्यक्ष नेपालको सबै भेटघाट बन्द गरिएको सचिवालयले जनाएको छ। सोमबार पार्टीले नेपाललाई संसदीय दलको नेतामा चयन गरेको थियो ।
सोमबार बसेको नेकपा एसको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको पार्टी महासचिव वेदुराम भुसालले बताए।
बैठकले संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डेलाई चयन गरेको छ। दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन भएको महासचिव भुसालको भनाइ छ।