संसदीय दलको नेता उम्मेदवार बन्ने बताएका कांग्रेस नेता शेखर कोइराला अन्तिम समयमा आफ्नो अडानबाट ब्याक हुुनुुको पछाडी ठूूलो कारण रहेको खुलेको छ । केही दिनअघि आफैँ उठ्ने बताएका उनले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन गरेका छन् ।
२०७९ पुस ५ गते विहान लाजिम्पाटको एम्बास्डर होटलका बैठकसम्म आफ्नो दावी नछोडेका कोइराला हनुमानस्थानको बसेरा होटलमा आईपुग्दासम्म कसरी परिवर्तन भए ?
एक त आफ्नो समूहमै डा. शेखर कोइराला कमजोर हुने र महामन्त्रीद्वयको साथ नहुने अर्कोतिर देउवा समूहबाट पनि अर्को महाधिवेशनमा लागि ग्यारेन्टी नहुने स्थिति भएपछि कोइराला ब्याक हुन बाध्य भएको टिप्पणी भइरहेको छ । कांग्रेससभित्र चलेको अर्को चर्चा अनुसार चाहिँ शक्ति केन्द्र भारत र अमेरिका पनि कोइरालालाई ब्याक गराउन लागेका थिए ।
त्यो कुरा बसेरा बैठकपछि सांसद सुनील शर्माले बताएका थिए । तर, ४ वर्षपछिको परिस्थिति कस्तो हुन्छ रु भन्ने अहिले नै भन्न सक्ने स्थिति छैन र गगन त्यसलाई मान्ने पक्षमा अडि रहलान् भन्ने अनुमान पनि गर्न सकिदैन ।
किनभने दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मावीच अनौपचारिक सहमति भनेको नै थापा प्रधानमन्त्री हुने र शर्मा पार्टी सभापति हुने भन्ने रहेको स्रोत बताउछ ।
यता, आफ्नै समूहका सांसदहरु करिब ३० जना रहेको उनीहरु नै भड्किने वा उम्मेदवार भएकै अवस्थामा पनि कोइरालाले गगनभन्दा कम मत ल्याउने संभावना पनि रहेको थियो ।
त्यसकारणले पनि कोइराला पछाडि हटेको अनुमान गरिएको छ । अन्ततः शेखर गगन थापाको प्रस्तावक बनेका छन् ।

