महामन्त्री गगनकुमार थापालाई हराउदै नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले ६४ मत प्राप्त गरेका छन् भने गगनकुमार थापाको पक्षमा २५ मत परेको थियो ।
प्रतिनिधि सभामा कांग्रेसका ८९ मध्ये सांसद छन् । उनीहरु सबैले मतदान गरेका थिए । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान भएको थियो ।
यता, महामन्त्री थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । संसदीय दलको नेतामा भारी मतले पराजित भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री थापाले संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवालाई बधाई दिएका हुन् ।
साथै उनले आफुलाई विश्वास गरेर भोट हाल्ने सांसदहरुलाई धन्यवाद दिँदै पराजित भएपनि निरन्तर पार्टीमा लागिरहने बताए । उनले नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने आफ्नो मान्यतालाई बहुसंख्यक सांसदहरुले वेवास्ता गरेको बताए ।
थापाले भने, ‘सांसदहरुले अहिले जसरी चलिरहेको छ त्यसरी नै चलोस भन्ने सोच्नुभयो ।’ बहुसंख्यक सांसदहरु पुरानै विधि र पद्धतीबाट चल्न चाहेको भन्दै उनले आफ्नो पराजितलाई स्वभाविक लिएको समेत बताए ।