राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको छ ।
डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको हो ।
तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो ।
एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ । निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो । भेटमा ओलीले वामपन्थी सरकार बनाउन आफूू तयार रहेको र विगतको आत्मसमीक्षा गर्ने बताउँदा प्रचण्ड दोधारमा देखिएको स्रोतले बतायो ।
तत्कालिन नेकपा फुुटेपछि तीनै नेताहरुको यो पहिलो भेट हो । यता, एकीृकत समाजवादीका नेता तथा पूूर्व प्रधामन्त्री माधव कुुमार नेपाल भने बिरामी भएर अस्पताल भर्ना भएका छन् ।