काठमाडौँ जस्तो शिक्षित समाजमा पनि अझै झारफुकमा विश्वास गरिन्छ र त्यसले गम्भी’र परिणाम निम्त्याएको छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै अन्धविश्वासमा पर्दा एक महिला ग’म्भीर घाइते हुनुभएको छ । गएको वर्ष झारफुकमा विश्वास गर्दा दुई जना मृ’त्युको मुखमा पुगेका थिए ।
आफूलाई माता बताउने एक किशोरीले झारफुकका नाममा एक बिरामी महिलालाई तातो वस्तु (खु’कुरी, पन्युँ, तेल तथा पानी)ले डामेपछि ग’म्भीर घाइते भएकी छिन्। काठमाडौँको तारकेश्वर नगरपालिका–६ स्थित जरङ्खुमा झारफुक गर्ने माता बताउने १९ वर्षीय सचिता मगरले बिरामीको शरीरमा तातो पन्युँ,
तातो तेल र पानी खन्याउँदा भोजपुर आमचोक गाउँपालिका–६ की ३६ वर्षीया सविता राईको जीउभरि ‘घाउ र फो’काका कारण सिकिस्तै भएकी छिन् ।
प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक नवीन विष्टले नेपाल प्रहरी अस्पतालमा बिरामी राईको उपचार भइरहेको र अवस्था ‘गम्भीर रहेको जानकारी दिए ।
प्रहरीले किशोरी मातासहित सहयोगी चार जनालाई प’क्राउ गरी कु’टपिट तथा अङ्ग’भङ्गसम्बन्धी क’सुरमा अनुसन्धान सुरु गरेको छ ।
उक्त घटनामा संलग्न मातासहित उनका सहयोगी उदयपुर घर भएका २६ वर्षीय पदमबहादुर मगर, २६ वर्षीय सङ्गम राई, १८ वर्षका सागर मगर र चितवन घर भएका १८ वर्षीय अजित तामाङसमेत प’क्राउ परेका छन् ।
उपरीक्षक विष्टका अनुसार शरीर काप्ने, बर्बराउने तथा छ’टपटी हुने समस्याबाट पी’डित सविता राईलाई किशोरी माताले निको पारिदिने दाबी गर्दै झारफुक गरिएको थियो । पुस १ गते झारफुकका क्रममा बिरामीको शरीरमा तातो वस्तु खन्याइएको थियो ।
अर्घाखाँची घर भएकी सचिता र भोजपुरकी सविता दुवै जरङ्खुमा बस्दै आएका थिए । प’क्राउ परेकी किशोरी माताले बिरामीलाई निको पार्ने भनी आफूले तातो वस्तु बिरामीको शरीरमा खन्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।