केही समयअघि श्रीमानले नै अलग हुुन चाहेको र आफूूमाथि घरेलुु हिं’सा गरेको भन्दै श्रीमान् शंकर क्षेत्रीसँग डिभोर्स गरेकी चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूूर्व पतीकै यादमा तस्बिर पास्ट गरेकी छिन् ।
तर अहिले भने जेरीले पूर्व श्रीमान् शंकरसँगको एक तस्बिरसहित सामाजिक संजालमा भावुक स्टाटस पोष्ट गरेकी छन् ।
उनले लेखेकी छन्, ‘तितै भएनी अतीत र सत्य नकार्न सकिँदो रहेनछ, तस्बिर पुरानै ।’ उनको यो पोष्टमा थुप्रैले प्रतिक्रिया जनाएका छन् । बाबु लामा थिङ्गले भनेका छन्: ‘दिदी हजुरलाई कस्तो लाग्छ तर आफुलाई लच्किने काम आफैले गरेको जस्तो लाग्छ टीकाटिप्पणी हेर्दा,सबैले धेरैजसोले हजुरको समर्थन जनाको थिए भने अब फेरि उल्टो हुनसक्छ है ! मेरो निजि बिचार ।’
एक अर्का व्यक्तिले भनेका छन् :’वविता जी, सम्बन्धमा दरार ल्याउन दुई पक्षको उत्तिकै भूमिका हुन्छ । भाँडा ठोक्किएपछि नै हो आवाज निस्कने । विवाह गरिसकेपछि कतिपय महिलाका चाहाना त्याग्नुपर्दछ ।
पतिपरमेश्वर मान्ने महिलाहरु पनि धेरै छन् । यो भन्दैमा शंकरजीले परस्त्रीलाई कोठामै ल्याएर पटकपटक रछ्यान बनाउन मिल्थेन । हाम्रो संस्कारमा विवाहित जोडी सुत्ने ओछ्यानमा अरुलाई सुताउँदैनन् ।
छोराछोरीलाई समेत बीचमा सुताउनु हुन्न भन्ने मान्यता छ । यदि तपाईंले पोष्ट्याएको तस्बिरभित्र सहानुभूति मात्रै बटुल्न हो भने मेरो भन्नु केही रहेन, साच्चै प्रेमभाव हो भने अघि बढ्नुहोस्, मिल्नुस् ।
समाजलाई थप सन्देश दिनुहोस् ।। कलाकारिता क्षेत्र र यसलाई हेर्ने दृष्टिकोण बदल्ने कोसिस गर्नुहोस् शुभकामना !!!’
करिब ५ वर्षको प्रेमपछि विवाह गरेका उनीहरूले काठमाडौं जिल्ला अदालतमा आफ्नो वैवाहिक सम्बन्ध टुङ्ग्याएका थिए ।
विवाह गरेको १४ दिनपछि नै आफूमाथि शारीरिक तथा मानसिक या’तना सुरु भएको बताएकी जेरीले श्रीमान्सँग सम्बन्ध टुङ्ग्याउनुको कारण शंकरको बाहिर केटी, शारीरि’क तथा मानसिक हिं’सा लगायत बताउँदै आएकी छन् ।
लोकदोहोरी गायनका सिलसिलामा भेटेका शंकर र जेरीको गायनकै सिलसिलमा प्रेम बसेको थियो । प्रेमपछि विवाह गरेका उनीहरुको मायाको चिनो एक छोरी छिन् ।
अन्तिम समयमा जेरीले शंकर क्षेत्रीलाई दाजुुभाई मिलेर आफ्नै घरमा केटी ल्याएको समेत आ’रोप लगाएकी थिइन् । तर, अब शंकरसँग मिल्न नसकिने जेरीको भनाई छ ।

