शिक्षक धनबहादुर विष्टको ह’ त्या प्रकरणमा नयाँ तथ्य बाहिरिएको छ । जिल्लाको पाटनमा गत शनिबार मृ’त भेटिएका शिक्षक धनबहादुर विष्टको ह’त्या भएको बताउँदै नेपाल प्रहरीले अभि’युक्त सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ।
सुर्नया गाउँपालिकाको ग्वानी स्थायी घर भएका बिष्ट पाटनस्थित कृष्ण माध्यमिक विद्यालयमा कार्यरत थिए। उनको ह’त्या आरोपमा प्रहरीले दुई जनालाई प’क्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलका अनुसार ह’त्या अभि’योगमा कृष्ण माध्यमिक विद्यालयमै कम्प्युटर डिप्लोमा अध्ययन गर्ने पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान प्रजा प’क्राउ परेका छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरा’सतमा राखिएको छ।
विमला छात्रबासमा बसेर अध्ययन गर्दै आएकी थिइन्। भने शिक्षक विष्ट पनि सोही छात्रबासको माथिल्लो तलामा बस्थे।
‘मृ’तक र युवती (आरो’पित) छात्रवासमै बस्ने गरेको अनुसन्धानबाट खुलेको छ। शिक्षक माथिल्लो तलामा र तल्लो तलामा ती युवती बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन्।
सोही क्रममा विवाद हुँदा उहाँको ह’त्या भएको खुलेको छ। घटनाको थप अनुसन्धान जारी छ।’ रावलले जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत अभि’युक्तलाई आजै सार्वजनिक गर्ने बताए।
उनीहरू दुवै जनाविरु’द्ध पी’डित पक्षले कि’टानी जा’हेरी दिएको छ। शिक्षक विष्ट पुष २ गते बिहान पाटनस्थित कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि मृ’त अवस्थामा भेटिएका थिए।
विष्टको ह’त्या भएको भन्दै घटनाको अनु’सन्धान गरेर दो’षीलाई कारबा’हीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आ’न्दोलन भइरहेको थियो।