बैतडीको सुर्नया गाउँपालिका २ ग्वानीका प्रजा बोहरा र बिमला बोहरा समातिएका छन् । भई कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको ह’त्या गरेको अ’भियोगमा उनीहरु समातिएका हुुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गर्दै बिहीबार ह’त्याका अ’भियुक्त सार्वजनिक गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरु दुवै जना श्रीमान–श्रीमति हुन् ।
बिमला बोहरा कृष्ण मावि पाटनको छात्राबास बस्दै आएकी थिइन् । उनी कृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो बर्षमा अध्ययन गरिरहेकी छन् ।
पौष १ गते राति शिक्षक बिष्टले बिमला बोहरामाथि अ’भद्र व्यवहार गरेको र त्यसको झोकमा उनका श्रीमान प्रजा बोहराले शिक्षक बिष्टलाई मु’क्का हानेर ढला’एको प्रहरीको अनुसन्धानले देखाएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने ‘पौष १ गते साँझको समयमा बिमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मु’क्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर ह’त्या गरे ।’
छात्रबासमै ह’त्या गरेका बिष्टको शवलाई घटना लुकाउन छात्रवासको पछाडि दुवै जना मिलेर फाले’को प्रहरीको अनुसन्धानले देखाएको छ । घटनाका अभि’युक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।